काठमाडौं- मुलुकी ऐन विस्थापित गरी १ भदौ ०७५ बाट कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताले समेटको नयाँ मुद्दामध्ये एक थियो, आत्महत्या गर्न दुरुत्साहन।
संहिताको परिच्छेद १२ को ज्यान महलअन्तर्गत दफा १८५ मा आत्महत्याका लागि दुरुत्साहन गरे ज्यान मुद्दा चल्ने उल्लेख छ।
यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनाली र दीपेन्द्र अधिकारीले लेखेका छन्।
आइतबारसम्म यस सम्बन्धी १३२ वटा मुद्दा अदालतमा दर्ता भइसकेका छन्।
माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पत्रकार द्वय रवि लामिछाने र युवराज कँडेलका साथै रुकु कार्कीविरुद्ध आइतबार दायर भएपछि आत्महत्या दुरुत्साहन बारे बहस सिर्जना भएको छ।
यद्यपी यो मुद्दाको अनुसन्धान र आदेशमा एकरुपता देखिँदैन। प्रहरीले प्रायः ठोस प्रमाणविनै दबाबका भरमा मुद्दा दर्ता गर्ने गरेको देखिन्छ।
आइतबार रवि लामिछानेसहित तीनविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता हुँदा चितवन तनावग्रस्त भएको छ। त्यसक्रममा रवि लामिछाने समर्थकले प्रदर्शन गरेका छन्। झपमा प्रदर्शनकारी र प्रहरीसमेत घाइते भएका छन्।
प्रहरीले आत्महत्या दुरुत्साहनमा प्रमाणभन्दा पनि जाहेकीका आधारमा मुद्दा दर्ता गर्ने गरेको छ।
विदेशमा भएका श्रीमानसँग भिडियो च्याटमा झगडा भएपछि काठमाडौँकी अमृता बोहोरा कुँवरले आत्महत्या गरिन्।
यो घटनामा श्रीमान, सासु ससुरासहित सबै विरुद्ध अभियोग दर्ता गरेको थियो। घटनामा सासु ससुराको संलग्नता नदेखिए पनि दबाबकै कारण उनीहरु विरुद्ध समेत मुद्दा दर्ता भएको थियो।
प्रतिक्रिया