+
Search

ताजा अपडेट +

पपुलर +

बार्सिलोनाको शानदार जित, रियल मड्रिडलाई फेरि धक्का

4KNationalDaily
२०७६ भाद्र ९, सोमबार ०८:४८ बजे

काठमाडाैं- स्पेनिस ला लिगामा बार्सिलोना १८ खेल सकिँदासम्म अपराजित रहँदा साविक विजेता रियल मड्रिडलाई भने एकपछि अर्को धक्का लागिरहेको छ ।

उपाधि होडमा निकै पछि परिरहेको छ । आइतबार राति भएका खेलमा बार्सिलोनाले लेभान्टेमाथि ३-० को शानदार जित निकाल्दा रियल मड्रिड अंक तालिकाको १४ औं स्थानमा रहेको सेल्टा भिगोसँग २-२ को बराबरीमा रोकियो ।

बार्सिलोनाको होम ग्राउण्ड क्याम्प नाउमा भएको खेलमा मेसीले बार्सिलोनोका लागि १२ औं मिनेटमा खाता खोलेका थिए । ३८ औं मिनेटमा सुवारेज र ९० मिनेटपछिको अतिरिक्त समयमा पाउलिन्होले गोल गर्दा बार्सिलोना ३-० ले जित हात पार्न सफल भयो।

आइतबार राति नै भएको खेलमा साविक विजेता रियल मड्रिड सेल्टा भिगोसँग २-२ को बराबरीमा रोकिंदा जित निकाल्दै ३ अंक जोड्न असफल भयो ।

३३ औं मिनेटमा ड्यानियल वासको गोलबाट सेल्टा भिगोले अग्रता बनाएको थियो । तर ३६ औ र ३८ औं मिनेटमा ग्यारेथ बेलले गोल गरी रियल मड्रिडलाई ५ मिनेटको अन्तरमै २-१ को अग्रता दिलाए ।

८२ मिनेटमा सेल्टाका गोमेज गोन्जालेजले गोल गरी खेल बराबरीमा पुर्‍याए । लिगको यस अघिको खेलमा चीरप्रतिद्वन्द्वी बार्सिलोनासँग ३-० को हार व्यहोरेको रियल मड्रिड सेल्टा भिगोसँगको बराबरीले उपाडि दोडबाट झन पछाडी धकेलिएको छ ।

आइतबारको जितसँगै शीर्ष स्थानको बार्सिलोनाले १८ खेलमा १५ मा जित र ३ मा बराबरी गरी ४८ अंक जोडेको छ । १७ खेल खेलेको रियल मड्रिड भने ३२ अंकका साथ चौथो स्थानमै खुम्चिएको छ ।

शनिबारको खेलमा गेटाफेविरुद्ध २-० को जित निकालेको यथ्लेटिको मड्रिड ३९ अंकसहित दोस्रो स्थानमा र गिरोनासँग २-१ को जित निकालेको भ्यालेन्सिया ३७ अंकका साथ तेस्रो स्थानमा रहेका छन् । दुवैले लिगमा १८ खेल खेलेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily