+
Search

ताजा अपडेट +

पपुलर +

समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा गाेरखाका रूपनारायण श्रेष्ठ

4KNationalDaily
२०७६ भाद्र ९, सोमबार ११:५७ बजे

गाेरखा- संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएपछि बनेको समाजवादी पार्टी नेपालको भातृ विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा गाेरखाका रूपनारायण श्रेष्ठ चयन भएका छन्।

ललितपुरमा आइतबार भएको नयाँ शक्ति विद्यार्थी युनियन र समाजवादी विद्यार्थी फोरम नेपालको एकता घोषणा सभाबाट श्रेष्ठ अध्यक्ष चयन भएका हुन्।

युनियनको वरिष्ठ उपाध्यक्षमा रमेश यादव, उपाध्यक्षमा नेत्र चापागाईं, सुवास लाबुङ, राजेन्द्र ओली, रीता यादव, ईश्वर अधिकारी, विशाल आङ्दम्बे, टंक धमला, सञ्जय राई, दिपेश यादव छन्।

महासचिव बरूण यादव भएका छन् भने उपमहासचिव नेम्बर राई, सुष्मा देवकोटा, प्रकाश चाम्लिङ, बलबहादुर रम्तेल, रजनी श्रेष्ठ, दिनेश दंगाल चयन भएको युनियनले जनाएको छ।

नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा रमेश यादव चयन भएका छन् भने अन्य उपाध्यक्षहरुमा नेत्र चापागाईं, सुवास लाबुङ, राजेन्द्र ओली ‘विवेक’, रीता यादव, ईश्वर अधिकारी, विशाल आङ्दम्बे, टंक धमला, सञ्जय राई र दिपेश यादव रहेका छन् ।

त्यस्तै, महासचिवमा वरुण यादव र उपमहासचिवमा नेम्बर राई, सुष्मा देवकोटा, प्रकाश चाम्लिङ, बलबहादुर रम्तेल, रजनी श्रेष्ठ र दिनेश दंगाल रहेका छन् ।

नवनिर्वाचित सचिवहरुमा अमोद यादव, भरत लिसानी, रामचन्द्र राई, रामबहादुर भण्डारी, सुजिब गिरी, रेशम सापकोटा, सुवास राई, रमानन्द शाह, मनिष यादव र हेमराज थापा रहेका छन् । कोषाध्यक्षमा ओमनारायण यादव चयन भएका छन् ।

समायोजन कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव लगायतका पदाधिकारीले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily