+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्रिपरिषद्को बैठक बस्दै, प्रधानमन्त्रीले सिंगापुरबाटै बैठक चलाउने

4KNationalDaily
२०७६ भाद्र ९, सोमबार १३:०६ बजे

काठमाडौं- मन्त्रीपरिषद बैठक सोमबार बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक भिडियो कन्फेरेन्समार्फत बैठकको सञ्चालन गर्नेछन्।

सिंगापुरमा उपचाररत प्रधानमन्त्रीले बैठक सञ्चालन गर्नेछन्। आज दिउँसो १ बस्ने बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा छलफल हुने बताइएको छ।

भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट सबै मन्त्री सहभागी हुने र सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

यसअघि मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री सिंगापुर जानुअघि भिडियो कन्फेरेन्सबाटै बैठक सञ्चालन गर्न सकिने व्यवस्था गरेको थियो।

प्रधानमन्त्री ओलीको उपचारको क्रममा प्लाज्मा फेरेसिस प्रक्रिया गत शुक्रबारबाट नेशनलल युनिभर्सिटी हस्पीटल सिंगापुरमा शुरु गरिएको छ। प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य अवस्थामा रहेको उनका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहले बताएकी छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily