काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सुदूरपश्चिम प्रदेश इञ्चार्ज तथा पूर्वगृहमन्त्री भीम रावलले कैलालीको टीकापुरमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उत्तेजक भाषण गरेर सामाजिक सदभाव बिथोल्न खोजेको आरोप लगाएका छन् ।
चार वर्षअघि एक बालकसहित ९ जना प्रहरीको हत्या भएको टीकापुरमा हालै आयोजित सभामा सत्तारुढ समाजवादी पार्टीका अध्यक्ष डा.भट्टराईले टीकापुरको अहिलेको शान्तिलाई मुर्दा शान्ति भन्दै अधिकारका लागि आन्दोलन गर्नुपर्ने बताएका थिए ।
भाद्र ७ गते टीकापुर सभामा बाबुराम भट्टराई लगायत काठमाडौंबाट गएकाको कुरा यूट्युवमा सुनें ।उत्तेजनापूर्ण, सामाजिक सद्भाव विथोल्ने, विभाजनकारी, षडयन्त्रकारी, साम्प्रदायिक, सिद्धान्तहीन र गैरजिम्मेवार ।कति मानिस मारिएपछि, अशान्ति र भद्रगोल भएपछि बाबुरामजी जस्ता सन्तुष्ट हुने होलान् !
— Bhim Rawal, PhD (@BhimRawal179) August 26, 2019
प्रतिक्रिया