+
Search

ताजा अपडेट +

पपुलर +

४४ घण्टा पछि गोरखामा बिद्युत सुचारु, अवरुद्व हुदा गोरखा बजारमा पानीको हाहाकार

4KNationalDaily
२०७६ भाद्र ११, बुधबार १९:५३ बजे

गोरखा– गोरखा सदरमुकाममा रहेको सब स्टेशनमा समस्या आए पछि झण्डै ४४ घण्टा पछि गोरखामा बिद्युत सुचारु भएको छ ।

बिद्युत अवरुद्व हुदा जन जिवन प्रभावित भएको थियो । बिद्युत गएको सोमबार साँझ ८ बजे देखी अबरुद्व भएको बिद्युत प्राविधकरण गोरखा बितरण केन्द्रले जानकारी दिएको छ ।

चट्याङ पछि साँझ ८ बजे देखी अबरुद्व भएको सव स्टेशनमा रहेको ६/८ एमभिएको पावर ट्रान्सफरर्मरमा समस्या देखीको थियो ।

उत्त पावर ट्रान्सफरर्मर नजिकै भएर ३३ केभिएको तार गए पछि क्लियरेन्समा समस्या आएको मध्य मस्र्याङदीका एक प्राविधिकले बताए ।

बिद्युत सुचारु गर्दा पटक पटक ठुलो आवाजमा पडकने भए पछि मंगलबार पोखरा ग्रिडको प्राविधिक टोली आएको थियो ।

उत्त टोलीले पनि समस्या पत्ता लगाउन नसके पछि भने बुधबार बिहानै मध्य मस्र्याङदीको एक प्राविधिक टोलीले सव स्टेशनमा काम थालेको थियो ।

सव स्टेशन अवरुद्व हुदा भए पछि गोरखा बजारमा पानीको हाहाकार भएको भएको थियो । मोबाईल सम्र्पकमा समस्या आउनुका साथै ईन्टरनेटमा समस्या आए पछि बैंकको कारोवारमा समेत ठप्प प्राय भएको थियो ।

गोरखा बजारमा बितरण हुने पानी लिफ्ट प्रविधीको भएका कारण ३ दिन देखी पानी वितरण हुन सकेको छैन ।

गाेरखासमाचारबाट

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily