काठमाडौं– बानेश्वर क्षेत्रमा जथाभावी पार्किङ गरेर राखेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गाडीमा ट्राफिक प्रहरीले ह्वील लक लगाएको छ ।
बानेश्वर क्षेत्रमा जथाभावी पार्किङ गरेर राखेका सवारी साधानहरुमा प्रहरीले ह्वील लक लगाएको थियो ।
त्ययसक्रममा पार्किङ निषेधित गरिएको फुटपाथमा रोकिराखेको महासेठ चढ्ने गरेको बा२झ ४८६२ नम्बरको झण्डावाला गाडी पनि कारबाहीमा परेको थियो ।
ट्राफिक प्रहरीले सुरुमा ह्वील लक गरेपनि पछि चालकलाई एक हजार रुपैयाँ जरिवाना गरेर छाडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । प्रहरीका अनुसार गाडीमा मन्त्री भने थिएनन् ।
प्रतिक्रिया