गोरखा– भष्ट्राचार न्यूनीकरणका लागि कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जिल्लाको पुनःनिर्माणको अबस्था बारे जानकारी लिएको छ ।
जिल्ला सदरमुकाममा एक कार्यक्रम गरी निजि आवास, स्वास्थ्य चौकी, विद्यालय भवन, ऐतिहासिक सम्पदाको पुनःनिर्माणको अबस्थाबारे सरकारवालाहरुसँग छलफल गरेको हो ।
सोहि अवसरमा राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख रामशरण आचार्यले हालसम्म ८५ प्रतिशत नीजि आवस पुननिर्माण सम्पन्न भएको भन्दै गुनासो सुनुवाई पछि लाभग्राही कायम भएका, प्रवलीकरण अनुदानको सूचीमा परेका र गुनासो सुनुवाई हुन बाँकी प्रभावितहरुको मात्र घर बनाउन बाँकी रहेको बताए ।
यसैगरी जिल्ला आयोजना कार्यान्वन इकाइ (भवन) की प्रमुख सुनिता श्रेष्ठले जिल्लामा निर्माणाधिन सरकारी कार्यालय भवनको प्रगतीबारे जानकारी गराएकी थिइन् ।
उनका अनुसार जिल्ला निर्माण भएको सरकारी भवनहरु मध्ये तीन वटा निर्माण सम्पन्न भइसकेको र ६ वटा सरकारी भवन निर्माणको अन्तिम चरण पुगेको बताए ।
जिल्ला आयोजना कार्यान्वय इकाइका शिक्षाका प्रमुख विष्णुप्रसाद मिश्रले भुकम्पपछिको विद्यालय पुननिर्माण अवस्था प्रगति विवरण प्रस्तृत गर्दे हालसम्म २ सय ९० विद्यालय पुननिर्माण भइसकेको अन्य विद्यालयहरु पुननिर्माण भइरहेको बताए ।
कार्यक्रम बोल्ने अधिकाशले नीतिगत व्यवस्था भएपनि कायन्वयन नहुदा समस्या आएको बताए ।
ट्रान्सरेन्सी इन्टरनेशन नेपालका अध्यक्ष खेमराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपसभापति जानुका अधिकारी, विशेष अतिथि गोरखा नगरपालिकाकी उपप्रमुख विनाकुमारी श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया