+
Search

ताजा अपडेट +

पपुलर +

सुष्माले जितिन् सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड

4KNationalDaily
२०७६ भाद्र १४, शनिबार १६:२३ बजे

काठमाडाैं- नायिका एवम् चर्चित मोडल सुष्मा अधिकारीले केही दिनअघि कतारमा सम्पन्न इन्टरनेशनल अवार्डमा सर्वोत्कृष्ट सह अभिनेत्रीको अवार्ड जितेकी छिन् ।

नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शोहरु आयोजना गरेर चर्चा कमाएको पेजेन्ट नेपाल तथा अरोमा ईन्टरटेनमेन्टको सह आयोजना तथा कतारस्थित स्टार अफ किङ्गको संयुक्त आयोजनामा दोहाको भव्यहल रिजेन्सी हलमा आयोजित कार्यक्रममा सुष्मालाई उक्त अवार्ड वितरण गरिएको थियो ।

उनले चलचित्र ‘चि मुसी चि’बाट उक्त अवार्ड जितेकी हुन् । हालै कतार र जापानको कार्यक्रममा सहभागी भएर हाल राजधानीकै रहेकी सुष्मा दशैँमा हङकङ जाने तयारीमा समेत रहेकी छिन् ।

काठमाडाैंकाे बालुवाटारमा बस्दै आएकी नायिका अधिकारी पछिल्ले समय बिभिन्न देशमा हुने कार्यक्रममा सहभागी हुने क्रममा व्यस्त बनेकी हुन् ।

बिगत ८ वर्षदेखी नेपाली कलाकारिता क्षेत्रमा लागिपरेकी सुष्माले आधुनिक, पप, लोकगीत गरी हालसम्म तीन सय बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily