+
Search

ताजा अपडेट +

पपुलर +

अब पेट्रोल पम्पको मेसिनले दिन्छ खरिद बिल

4KNationalDaily
२०७६ भाद्र १४, शनिबार १६:३७ बजे

काठमाडौं- पेट्रोलियम पदार्थ भर्न जाँदा अधिकांश व्यक्तिको ध्यान फ्युल सेन्टरको स्वचालित मिटरमा जान्छ ।

यसको कारण हो, आफूले तिरेको रकमबराबरको पेट्रोलियम पदार्थको परिमाण प्राप्त हुन्छ कि हुँदैन भनेर ।

तर, अब चिन्ता नमान्नुस् । काठमाडौं उपत्यकामा पनि डिजल र पेट्रोल डिस्पेनसन मेसिनमा विद्युतीय उपकरण जडान हुन थालेको छ ।

यो मेसिनले उपभोक्ताले आफ्नो सवारीमा फ्युल राखेको फ्युलको परिमाण र रकमसहितको विद्युतीय बिल आफ्नै अगाडि तुरुन्तै प्रिन्ट गर्दछ ।

यसबाट आफूले भरेको इन्धनको परिमाण र रकम फरक नपर्ने, जति परिमाणको इन्धन भरेको हो, सोही परिमाणको बिल मेसिनले नै प्रिन्ट गर्दछ ।

साथै मेसिनले प्रिन्ट गरेको बिललाई घटबढ गर्न मिल्दैन । यसबाट उपभोक्ताहरु नठगिने र परिमाण अनुसारको इन्धन प्राप्त हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily