+
Search

ताजा अपडेट +

पपुलर +

राजधानीमा मुसलधारे बर्षा, यस्ताे छ देशभरकाे अाजकाे माैसमी विवरण

4KNationalDaily
२०७६ भाद्र १७, मंगलवार २०:०८ बजे

काठमाडौं- मंगलबार साँझबाट काठमाडौंमा मुसलधारे वर्षा भएकाे छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) राति देशका अधिकांस स्थानमा बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने जनाएकाे छ ।

देशका पश्चिम र मध्यका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । राजधानी हाल बर्षा राेकिएकाे छ ।

बुधबार दिउँसो देशभर बदली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ ।

बुधबार राति अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने तथा पश्चिम र मध्यका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

बिहीबार दिउँसो देशभर बदली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने एवं राति केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बिहीबार राति पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily