काठमाडौं- स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदैछन्।
सिंगापुरबाट थाइल्यान्ड हुँदै शुक्रबार अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने उनका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले जानकारी दिए।
मिर्गाैलासम्बन्धी एन्टिबडी बढेपछि उपचारका लागि प्रधानमन्त्री ओली गत भदौ ५ गते सिंगापुर गएका थिए। सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा प्लाज्मा फेरिसिस प्रक्रियामार्फत उनको उपचार गरिएको थियो।
उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग कुराकानी गरेका थिए।
प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न सिंगापुर गएका नेकपा सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णु पौडल पनि सँगै फर्कनेछन्।
प्रधानमन्त्रीका साथमा श्रीमती राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्य लगायत सहभागी छन्। प्र
धानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा दिव्यासिंह शाह भने फर्किसकेका छन्।
यसअघि सोही अस्पतालमा स्वास्थ्य परीक्षण गरी प्रधानमन्त्री ओली साउन २७ गते स्वदेश फर्किएका थिए।
प्रतिक्रिया