काठमाडौं- छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाही माग गर्दै पटक पटक अनशन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीले आफू न्यायका लागि पुनः अनशन बस्ने बताएकी छिन् ।
उनले आफूलाई राज्यले आठ वर्षदेखि कैदीबन्दीजस्तै बनाएर राखेको आरोप लगाएकी छिन् ।
‘न्यायको लागि मिडियामा आउन खोज्दा विभिन्न बहानामा मलाई प्रतिबन्ध लगाउने काम भएको छ । पटकपट पत्रकारलाई भेट्न खोज्दा पनि दिइएको छैन,’ उनले भनिन्, ‘बरु हतकडी लगाएरु जेलमा लगेर राख तर यसरी बन्दी बनाएर नराख ।’
उनले भनिन् ‘बरु हतकडी लगाएर जेलमा लगेर राख तर यसरी बन्दी बनाएर नराख।’ उनले आफुले नसके पनि छोराले न्याय खोज्छ भन्ने लागेकोमा छोरालाई पनि राज्यले नियतवश कैदी बन्दी बनाएर राखेको आरोप लगाएकाे खबर आजको नागरिक दैनिकमा छ ।
‘मेरो छोरा कैदीबन्दी बनाएर राख्ने कुनै अपराध गरेको छैन तर राज्यले बन्दी बनाएर राखेको छ’ हैरानी दिएको छ।’ अधिकारीले भनिन् ‘ राज्यले पीडामा मलम लगाउला भन्दा झनै पीडा थपेको छ।’
प्रतिक्रिया