काठमाडाैं- नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको नयाँ चलचित्र ‘रातो टीका निधारमा’को अफिसियल पोस्टर सार्वजनिक भएको छ ।
चलचित्र अशोक शर्माले निर्देशन गरेका छन् । दशैंलाई लक्षित गरेर चलचित्र रिलिज गरिने भएको छ ।
चलचित्रको शिर्ष गीत ३ असोजमा सार्वजनिक गरिदैछ । चलचित्र ‘अल्लारे’को सुपरहिट गीत ‘रातो टिका निधारमा’ लाई रिमिक्स भर्सनमा ढालिएको छ ।
चलचित्रको पोस्टरमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मालगायत रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मी कलाकारलाई देखाइएको छ ।
प्रतिक्रिया