+
Search

ताजा अपडेट +

पपुलर +

बार्सिलोनाको सानदार जित, मैदान छिर्नेवित्तिकै स्वारेजको २ गोल

4KNationalDaily
२०७६ भाद्र २९, आईतवार ०७:४२ बजे

काठमाडाैं- स्पेनिस ला लिगाको शनिबारको खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले सानदार जित निकालेको छ । भ्यालेन्सियालाई ५-२ ले हराउँदै बार्सिलोना उपाधि होडतर्फ लम्किएको हो।

घरेलु मैदानमा भएको खेलमा अंसुमान फातीले दोस्रो मिनेटमै गोल गरी बार्सिलोनालाई अग्रता दिलाएका थिए। फेन्की डे जोङले ७औं मिनेटमा गोल गरी अग्रता दोब्बर बनाए।

भ्यालेनिसयाका लागि केभिन जेमिरोले २७औं मिनेटमा गोल फर्काए । पहिलो हाफ २-१ मा सकियो । ५१औं मिनेटमा जेरार्ड पिकेले बार्सिलोनाका लागि तेस्रो गोल गरे । ६० मिनेटमा मैदान छिरेका लुइज स्वारेजले २ गोल गरे ।

मैदान छिर्ने वित्तिकै ६१औं मिनेटमा र ८२औं मिनेटमा स्वारेजले गोल गरी खेल ५-१ को अवस्थामा पुर्‍याए । स्वारेजको यस सिजनका लागि यो पहिलो गोल हो । यसअघिका खेलमा उनी टोलीमा सहभागी थिएनन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily