+
Search

ताजा अपडेट +

पपुलर +

मुख्यमन्त्री गुरुङ भन्छन्- समाजको हितमा काम गर्नेलाई प्रदेश सरकारकाे सहयोग हुन्छ

4KNationalDaily
२०७६ भाद्र ३०, सोमबार १८:११ बजे

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले मुलुक र समाजको हितमा कार्य गर्ने सामाजिक संघसंस्थाको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

सहारा क्लवको २१औं बार्षिक साधारण सभा तथा ११ औं अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले खेलकूदको माध्यमबाट सामाजिक सेवामा समर्पित क्लवको भूमिका प्रशंसायोग्य भएको बताए ।

समाजका कठिन परिस्थित एवम् असहालय बालकलाई संरक्षण गर्दै क्लवले शैक्षिक, सामाजिक तथा खेल क्षेत्रमा कृयाशित गराउनुले उनीहरुको समग्र उन्नयनमा टेवा पुगेको उनले बताए ।

सामाजिक क्षेत्रमा क्लवले देखाएको सकृयता अरुका लागि पनि अनूकरणीय भएको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारको तर्फबाट सहारा एकेडेमिको प्रशासनिक सञ्चालनमा ३० लाख रुपैया सहयोग गर्ने बताए ।

राज्यले निभाउनु पर्ने उत्तरदायित्व क्लवले पुरा गरेको उल्लेख गर्दै उनले सस्थाको सञ्चालनमा सरकारले नियमित बजेट नै व्यवस्था गरि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

सामाजिक संस्थामा राजनीतिक प्रभाव हुन नहुने बताउँदै उनले प्रदेश सरकारले सञ्चालन गर्ने विश्वविद्यालयमा राजनीतिक नभई विशेषज्ञताका आधारमा नियुक्ति गरिने स्पष्ट पारे ।

मुख्यमन्त्री गुरुङले खेल क्षेत्रको विकासका लागि पत्रकारिताको माध्यमबाट योगदान पु¥याएको भन्दै क्लवतर्फबाट पत्रकार सन्देश श्रेष्ठलाई सम्मान गरे ।

क्लवले प्रत्येक बर्ष प्रदान गर्दै आएको सहारा खेलकूद पत्रकारिता पुरस्कारको राशी २० हजार ५५५ नगद, ताम्रपत्र र दोसल्ला रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily