+
Search

ताजा अपडेट +

पपुलर +

नेपालमा हुने साग तयारीको बाटो खुल्यो, यस्तो छ तयारी

4KNationalDaily
२०७६ आश्विन ३, शुक्रबार ०७:३४ बजे

काठमाडौं – १५ मंसिरबाट नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितचा (साग)को तयारी गर्न राष्ट्रिय खेलकुद परिषद्लाई सहज भएको छ।

मन्त्रिपरिषद्ले साग तयारी कार्यविधि पारित गरेसँगै १३औं साग तयारीको बाटो खुला छ। कार्यविधि पारित भएसँगै परिषद्लाई विभिन्न समिति गठन गर्न सहज भएको छ।

सागको उद्घाटन र समापनस्थलका रूपमा रहेको दशरथ रंगशालाको कुर्सी र भीआईपीर्फका छत आउने क्रममा छ। रंगशालाका लागि आवश्यक कुर्सी कोलकातामा आइपुगेको छ। रंगशालाका छत पनि चीनबाट छुटिसकेको परिषदका उपाध्यक्ष पीताम्बर तिम्सिनाले बताए।

तिम्सिनाले भने, ‘हामीले कुनै पनि हालतमा १५ कात्तिकभित्र रंगशाला तयार गर्नुपर्छ। त्यसका लागि सामान निर्माणस्थलबाट सिफ्टेड भइसकेका छन्। चीनले सिपमार्फत भीआईपीको छाना पनि पठाइसकेको छ। त्यसैले अब केही सातामै समान आइपुग्नेछन्।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily