+
Search

ताजा अपडेट +

पपुलर +

खसीको मासु २ सय बढ्यो, दसैंमा अझै बढाउने तयारी

4KNationalDaily
२०७६ आश्विन ३, शुक्रबार ०७:५१ बजे

काठमाडौं- करिब तीन महिना अघिसम्म प्रतिकिलो अधिकतम ११ सय रुपैयाँ रहेको खसीको मासु अहिले १३ सय पुर्‍याइएको छ।

सरकारले भारतबाट खसी, बोका आयतामा प्रतिबन्ध लगाएकाले अनुगमनअनुसार आपूर्ति हुन नसक्दा मूल्य बढाउनुपरेको चौपाया खरिद-बिक्री सेवा संघका अध्यक्ष गोविन्द पाठकले बताए।

उनका अनुसार सरकारले यसमा ध्यान दिएन भने दसैंसम्म अझै बढ्ने खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

‘दसैंमा खसी, बोकाको माग उच्च हुन्छ र स्वदेशी उत्पादनले धान्न सकिँदैन भन्ने जान्दाजान्दै सरकारले आयात रोकेको छ,’ पाठकले भने, ‘त्यसैले मासुको मूल्य आकासिएको हो।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily