काठमाडौं- एक समय थियो, केकी अधिकारीलाई फिल्मको ओइरो लागेर छान्नै मुस्किल पथ्र्यो। तर, उनका फिल्मले बक्स अफिसमा गतिलो प्रदर्शन गर्न सकेनन्।
एउटै शैलीको पात्र र अभिनयमा मग्न भएको आलोचना खेप्नुपर्यो। साम्राज्ञीलक्ष्मी शाह, स्वस्तीमा खड्काजस्ता हिरोइनको आगमन भयो।
केकी ओझेल पर्दै गइन्। तैपनि उनलाई फिल्मको खडेरी लागेन। एकाध फिल्ममा काम गरिरहिन् तर पुरानो साख फर्काउने प्रयास सधैँ असफल भइरह्यो।
भलै उनले हिम्मत हारेकी छैनन्। छ माया छपक्कै पछिल्लो उदाहरण हो। ब्लकबस्टर छक्का–पञ्जा सिरिजका निर्माता दीपकराज गिरीको यस फिल्ममा केकी मुख्य भूमिकामा छिन्। फिल्म हिट हुने र आफ्नो क्रेज फर्किनेमा आशावादी छिन्।
त्यसमाथि निर्माण पक्षले अर्की हिरोइन सुपुष्पा भट्टभन्दा उनलाई प्रमोसनमा प्राथमिकता एिको छ। केकीको अरिअरका लागि छ माया छपक्कै सञ्जीवनी बुटी सावित होला त? फिल्म २४ आसोजमा प्रदर्शन हुँदैछ।
प्रतिक्रिया