+
Search

ताजा अपडेट +

पपुलर +

राज्यले निगरानी बढायो भनेर डराउन पर्दैन : अर्थमन्त्री

4KNationalDaily
२०७६ आश्विन ५, आईतवार १९:०६ बजे

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले निगरानी बढायो भनेर उद्योगी व्यवसायीहरु तर्सन नहुने बताएका छन्।

आइतबार नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उद्घाटन तथा प्रथम वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री खतिवडाले स्वदेशी श्रोतको प्रयोग गरेर उत्पादनमा आधारित स्वस्छ, पारदर्शी व्यवसाय गर्न गर्नुपर्ने बताएका हुन्।

सरकारले करका विषयमा कडा नीति लिएको स्मरण गराउँदै अर्थमन्त्री खतिवडाले राम्रो व्यवसाय गर्नेहरु डराउन नहुने बताए।

‘सरकार अन्धो भएर जान हुँदैन। विवेक प्रयोग गरेरै जान्छ। सबै व्यापारी नराम्रा भन्न मिल्दैन र सबै राम्रा पनि भन्न मिल्दैन। तर राज्यले त सबैलाई निगरानी गर्छ,’ उनले भने।

कर उठाएर त्यसबाट राज्यले सेवा सुविधा दिने भएका कारण करका विषयमा प्रश्न नगर्न पनि आग्रह गरे।

राम्रा–नराम्रा सबै खालका व्यापारी लाई सरकारले प्रत्यक्ष निगरानीमा राख्ने भन्दै अर्थमन्त्री खतिवडाले यसबाट राम्रा व्यवसायी आत्तिन नहुने बताए।

नेपालभित्र व्यापार भन्दा पनि आन्तरिक उत्पादनलाई जोड दिएर उद्योग व्यवसाय गर्नुपर्ने खतिवडाको भनाई छ।

‘श्रोत र श्रमलाई जोडेरै आर्थिक समृद्धि हुने हो। त्यसकारण व्यापार होईन उद्योग खोल्नुहोस्,’ अर्थमन्त्री खतिवडाले भने।

उद्योग व्यवसाय गर्दा कर्जाभन्दा पनि स्वपुँजीबाट गर्न पनि खतिवडाले सुझाव दिएका छन्।

‘अब तपाईहरु स्वपुँजी मात्रै लगानी गर्नुहोस्। बैंकबाट लिने ऋणबाट व्यापार गर्नु हुन्छ भने त्यो बैंककै लगानी हो, व्यापारीको होइन,’ उनको भनाइ थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily