+
Search

ताजा अपडेट +

पपुलर +

गोरखामा ४ रिक्टर स्केलको भूकम्प

4KNationalDaily
२०७६ आश्विन ५, आईतवार १९:०८ बजे

गोरखा- गोरखा केन्द्रबिन्दु भएर आज बिहान ४ रिक्टर स्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिए। भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो।

एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिमा ३ वटा र लमजुङ केन्द्रबिन्दु भएर एक भूकम्प गइसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily