+
Search

ताजा अपडेट +

पपुलर +

नक्कली धितोमा ५ करोड ऋणः बैंकका सीईओसहित ११ जना पक्राउ

4KNationalDaily
२०७६ आश्विन ५, आईतवार १९:१२ बजे

काठमाडौं- नक्कली धितोमा ऋण दिएको अभियोगमा बैंक अफ काठमाण्डू तत्कालीन सीईओसहित ११ जना पक्राउ पक्राउ परेका छन् ।

उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बिभिन्न मितिमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जना रहेका छन् । ऋणी सुरेन्द्र श्रेष्ठ, बैंकका कर्मचारीहरू शुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारीलगायत रहेका छन् ।

पूर्वसीईओ श्रेष्ठसहित ३ जना पूर्वकर्मचारी हुन् भने ३ जना बैंकका बहालवाला कर्मचारी छन् । बाँकी ऋणीहरू रहेका छन् ।

सीआईबीका अनुसार खोलाभित्रको जग्गा धितो राखेर ऋण स्वीकृत गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्यसबेला ५ करोड रुपैयाँ रकम स्वीकृत भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily