+
Search

ताजा अपडेट +

पपुलर +

नेइमारले गोल गर्न नसक्दा घरेलु मैदानमै हार्‍यो पिएसजी

4KNationalDaily
२०७६ आश्विन ९, बिहीबार ०७:१४ बजे

काठमाडाैं- नेइमारले गोल गर्न नसकेको खेलमा पिएसजी पराजित भएको छ ।

फ्रेन्च लिग वानका पछिल्ला दुई खेलमा नेइमारले अन्तिम समयमा गरेको गोलबाट जितको स्वाद लिएको पिएसजीले बुधबार राति भएको खेलमा पराजय बेहोरेको हो ।

लिग वान अन्तर्गत घरेलु मैदानमा भएको खेलमा पिएसजी रिम्ससँग २–० ले पराजित भयो । पिएसजीको टिममा नेइमार थिए, यो सिजन उनको यो तेस्रो लिग खेल हो । तर नेइमारले गोल गर्न सकेनन् ।

बार्सिलोना फर्किने प्रयासका कारण उनी लिगका सुरुका चार खेलमा अनुपस्थित थिए । पाँचौँ खेलदेखि टिममा फर्किएका नेइमारकै गोलको सहयोगमा लिगको पाँचौँ र छैटौँ खेलमा पिएसजी विजयी भएको थियो । तर सातौँ खेलमा आएर टिम पराजित भयो ।

पछिल्लो १६ महिनामा लिग वानमा पिएसजी आफ्नै मैदानमा पराजित भएको यो पहिलो पटक हो । उसको यो सिजनमा दोस्रो हार हो ।

रिम्सका लागि साहेन कामाराले २९ औँ मिनेट तथा बुलेयी डियाले इन्जुरी समयको चौथो मिनेटमा बाइसाइकल किक मार्फत गोल गरेर जित दिलाएका हुन् । पराजयपछि पनि शीर्ष स्थानका पिएसजीको सात खेलबाट १५ अंक छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily