+
Search

ताजा अपडेट +

पपुलर +

देश विकासबाट कोही पनि अतालिनु पर्दैन : मन्त्री बस्नेत

4KNationalDaily
२०७६ आश्विन ९, बिहीबार ०७:३० बजे

गोरखा- गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा बिकासमन्त्री रामशरण बस्नेतले देश विकासबाट कोही पनि अतालिनु नपर्ने बताएका छन् ।

कम्युनिष्ट सरकारका योजनालाई खिसीटिउरी गर्नेहरु देश समृद्ध र जनता सुखी भएको हेर्न नचाहेको उनले बताए ।

पाइपलाईनबाट तेल, विजुलीबाट बस चल्न थालेपछि साच्चै कम्युनिष्टहरुले काम गर्दा रहेछन भनेर परिवर्तन विरोधीहरु आत्तिएको उनको भनाई छ ।

गोरखामा आयोजित सस्तो व्यापार मेला सस्तो व्यापार मेला उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले सो कुरा बताएका हुन ।

उनले मुलकको आर्थिक भौतिक तथा सामाजिक विकासका लागि गोरखाबाट नै एकतो थालनी गर्नुपर्नेमा जोड दिएका छन् ।

‘पृथ्वीनारायण शाहले एकता कायम गरि गोरखाबाट नेपाल एकिकरणको शुरुवात गरे, त्यसरी नै गोरखालीहरुबाट सिंगो देशको विकासका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बेला आएको छ ।’ उनले भने ।

मन्त्री बस्नेतले उपभोक्ताको दृष्टिमा हेर्दा दशै सस्तो बजार मेला सकारात्मक भएको भन्दै यसले उपभोक्ता र व्यापारीहरु वीचको खाडल पुर्न मद्दत गर्ने दावी गरे ।

‘छिटो विकास होस भन्ने चाहाना सवैको रहेको हुन्छ’ उनले भने ‘संघियता पछि जनतो ठूलो आशा र अपेक्षा गरिरहेका छन, तर गाई जन्मने बित्तिकै बाच्छाले दुध खान दौडन सक्ने जस्तो गरि विकास सम्भव हुदैन ।’

उनले संघियता पछि विकासले बिस्तारै गति लिएको भन्दै केही कानुनी प्रक्रिया र जटिलताका कारण पनि कतिपय बिकास निर्माणका काम सोचे अनुसार अघि बढन् नसकेको बताए ।

एक बर्ष भित्रमा गोरखाको नारेश्वर– निबेल सडकखण्ड, खाब्दी घैरुङ सडक खण्ड, बाह्रकिलो चोरकाटे सडकखण्ड कालोपत्रे सम्पन्न गर्ने गरि काम अघि बढेको उनले बताए ।

सरकारको खिल्ल्डी उडाउने र भ्रम छर्ने काममात्र बढि भएको प्रति कटाक्ष गर्दै गाउँपालिका , नगरपालिका प्रमुखले प्रदेश सरकारले बनाएको योजना नदेख्नु अचम्म भएको बताए ।

इमेल इन्टरनेट, वेभसाइटको जमानामा हाम्रा जनप्रतिनिधिहरुहरु कहाँ छन भन्दै प्रतिप्रश्न समेत गरे । योजनाबारे सबैलाई सम्बोधन गरेर पत्र पठाउन नसकिएको तर मन्त्रालयको वेवसाइटमा सबै रहेको उनले बताए ।

प्रदेश सरकारले प्रदेश भित्रका ३६ ओटै निर्वाचन क्षेत्रमा एउटा÷एउटा मुख्य सडक निर्माणको गर्ने, सबै गाउँपालिकाको केन्द्रमा पक्की सडकबाटो पु¥याउने गरि काम अघि बढाएको समेत उनले बताए ।

असोज १७ गते सम्म चल्ने मेलामा विभिन्न प्रकारका स्टलहरु राखिएका छन् । चेम्बर अफ कमर्शृ गोरखाको आयोजनामा खेलकुद मैदान हरमटारीमा मेला आयोजना गरिएको हो ।

उपभोक्ताको सन्तुष्टी र उपभोग्य वस्तुको बजार, गोरखा चेम्बरको दशैँ सस्तो बजार मेलाको अधार भन्ने मुल नारा सहित सुरु भएको मेलाको अध्यक्ष चेम्बरका अध्यक्ष भाईचन्द्र श्रेष्ठ र कार्यक्रमको सञ्चालन सचिव रामश्वरुप श्रेष्ठले गरेका थिए ।

मेला सुरु हुनु अघि बाजा सहित विभिन्न समुदायबाट आएका फरक फरक कला संस्कृति सहित झाँकीहरुको र्यालीले बजार परिक्रमा गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily