+
Search

ताजा अपडेट +

पपुलर +

धार्चेको काशिगाँउमा १ करोड १६ लाखको लागतमा सभाहल बन्ने

4KNationalDaily
२०७६ आश्विन १०, शुक्रबार ०८:३९ बजे

गोरखा- उत्तरी गोरखाको धार्चे गाउँपालिका स्थित काशिगाउँमा करिव १ करोड १६ लाख रुपैयाको लागतमा आधुनिक सभाहल निर्माण हुने भएको छ ।

जिल्लाको बिकट उत्तरी क्षेत्रमा सभासमारोह गर्नका लागि सुबिधा सम्पन्न हलको अभाव हुदा समस्या हुने गरेकाले गाउँपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त लगानीमा सभाहल निर्माण गर्न लागिएको धार्चे गाउँपालिका–७ का वडाध्यक्ष धन बहादुर घलेले जानकारी दिए ।

‘प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयबाट रु ५८ लाख र गाउँपालिकाको रु ५८ लाख रुपैया गरि १ करोड १६ लाख रुपैयामा सभाहल निर्माण गर्न लागिएको हो, उनले भने, ‘चालु आर्थिक बर्षभित्रै निर्माण सम्पन्न गर्ने गरि काम अघि बढिसकेको छ ।’

जिल्लाको धार्चे गाउँपालिकामा कार्यक्रम गर्नका लागि ठाउँको समस्या भएकाले उत्तरी क्षेत्रमै पहिलो पटक सुबिधा सम्पन्न सभाहल बनाउन लागिएको वडाध्यक्ष घलेले जानकारी दिए ।

उनले सभाहल निर्माणको काम केही दिन भित्रै शुरु हुने समेत बताए ।

सकभर आउदो असारसम्म निर्माणसक्ने हाम्रो लक्ष्य हो, उनले भने ‘यसबाट धार्चे गाउँपालिकाको बिकासमा समेत टेवा पु¥याउछ ।’

बिकासका हिसावले पछाडी परेको उत्तरी गोरखाको धार्चे र चुमनुव्री गाउँपालिकाका अधिकासं वडाहरुमा अहिले सम्मपनि सडक सञ्जाल समेत पुग्न नसकेको वडाध्यक्ष घलेले बताए ।

‘स्थानिय सरकार बनेपछि बिस्तारै उत्तरी क्षेत्रको बिकासले गति लिन थालेको छ, उनले भने, सडक, खानेपानी लगायतका भौतिक पूर्वाधारको बिकास बिस्तारै हुदैछ ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily