गोरखा- एम्वुलेन्स संञ्चालनमा वेथिती बढेपछि विहीवार संचालक संस्थाहरुसँग अन्तरक्रिया गरिएको छ ।
एम्वुलेन्स संचालन गतिविधीको सम्वन्धमा संचालक संस्था तथा जिल्लाका सरोकारवालासँग समन्वयात्मक छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।
नेपाल रेडक्रस सोसाइटीको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रमुख सुक बहादुर बिकले सवारी नियम बारे सहजिकरण गरेका थिए ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काले एम्वुलेन्स संचालन सम्बन्धी ऐन र व्यवस्था बारे जानकारी गराएका थिए ।
प्रतिक्रिया