गोरखा- दशैंका मनाउन काठमाडाैंबाट गाेरखा अाउदै हुनुहुन्छ । टिकट नपाए समस्यामा पर्नुभएकाे छ । भने अब समस्या समधान भएकाे छ । गोरखाका लागि शुक्रबारवाट नै टिकट खुला भएको छ ।
गाेरखा जानका लागि काठमाडाैंकाे नयाबसपार्कमा रहेकाे दुइवटा काउन्टरबाट र माइक्राेबसकाे टिकट पनि गगांहल नजिकैकाे काउन्टरबाट पाउन सकिन्छ ।
दसैं नजिकिँदै जाँदा यात्रुले टिकट नपाएको गुनासो गरेपछि दराैंदी (साविककाे गाेरखा) यातायात प्राली र पृथ्वि यातायातले टिकट दिदै अाएकाे छ ।
काउन्टरमा पनि भाडादर लेखिएको हुन्छ । तर कतिपय गाडीवालाले निर्धारितभन्दा धेरै भाडा लिएको यात्रुको गुनासो सुनिन्छ । कहाँ जाँदा कति भाडा लाग्छ भन्ने जानकारी यात्रुलाई भयो भने ठगिने सम्भावना हुँदैन ।
सरकारले यस वर्ष भाडा बढाउने तयारी गरे पनि तत्काललाई रोकिएको छ । चाडपर्व अगाडि भाडा नबढ्ने सरकार र व्यवसायीले स्पष्ट पारिसकेका छन् । त्यसैले दशैँमा घर जाँदा यसअघिकै भाडादरमा यात्रा गर्न पाइन्छ ।
गाेरखाका लागि काठमाडाैंबाट १४१ किमिका लागि सरकारले भाडादर ताेकेकाे छ । वसका लागि २७९ र माइक्राेका लागि ३०७ रूपैंया ताेकेकाे छ ।
तर, बस र माइक्राेबसले बढि भाडा लिदै अाएका छन् ।
प्रतिक्रिया