काठमाडाैं- साताको पाचौं दिन अर्थात बिहिबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु १००० रुपैंयाँँले घटेको हो ।
सुन बिहीबार तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
बुधबार तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ७२ हजार रुपैयाँ पुगेको सुनको भाउ बिहीबार घटेको हो । यस्तै, चाँदी पनि तोलामा २५ रुपैयाँ घटेर तोलाको ८ सय ६५ रुपैयाँमा झरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेकाले नेपाली बजारमा पनि केही कम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया