पोखरा- पोखरामा दिनदिनै नयाँ रेष्टुरेण्ट खुलिरहेका छन ।
जति खुलिरहेका छन नचलेर बन्द हुने स्थितीमा पुगेका पनि उत्तिकै छन ।
यहि जोखिमका बावजुत पोखराको विरौटा स्थित हिमाली टोलमा हालै नयाँ रेस्टुरेण्ट ‘ड्याडीज किचन’ सञ्चालनमा आएको छ ।
पोखराकै विरौटामा फुड ट्रक सञ्चालनमा ल्याएर ब्यवसाय चलाउँदै आएकाहरुले नै करिब २ करोड ५० लाख रुपैयाँ लगानी गरेर ड्याडीज किचन सञ्चालनमा ल्याएका हुन ।
बुटवलबाट २०७० सालमा ठेलाबाट सुरु गरेको ब्यवसायले अहिले पर्यटकीय शहर पोखरामा फुड ट्रक हुँदै ठुलो रेष्टुरेण्टको रुप लिएको हो ।
२०७३ असार १२ गते पोखराको विरौटा स्थित राममन्दीर जाने बाटोमा ड्याडीज किचनले पोखरामै पहिलो पटक फुड ट्रक सञ्चालनमा ल्याएको हो । जहाँबाट अहिले पनि मानिसहरुले सेवा पाइरहेका छन ।
त्यस्तै २०७५ सालमा पोखराकै चिप्लेढुङ्गाको निभा गल्लीमा फुट ट्रक शाखाको रुपमा स्थापना भयो ।
ड्याडीज किचन सञ्चालक समुहले पोखरा शहर भित्र मात्रै करिब ३ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । पोखरा, बुटवल, काठमाडौँ र रुपन्देहीको रामापुरमा पनि यसको शाखा छ ।
नयाँ खुलेको ड्याडीज किचनमा आकर्षणको रुपमा काठको ठुलो गीटार छ । गीतार २८ दशमलब ५ फिट लम्बाई र १० फिट चौडाईको छ । जुन अहिलेसम्मकै विश्वकै ठुलो काठको गितार भएको अनुमान गरिएको छ ।
यो बाहेक नयाँ परिकारको स्वाद भने ड्याडीज किचनले चखाइनै रहन्छ । त्यस्तै पोखरामा नै सबै भन्दा ठुलो क्यानभासमा नेपाल एकिकरणका सुत्राधार पृथ्वीनारायण शाहको तस्बिर पनि यहाँ देख्न सकिन्छ ।
यहाँ फेवतालमा २५ वर्ष खियाइएको पुरानो डुंगालाई सजाएर राखिएको छ । जुन डुंगा पुरानो भएर चलाउन नमिल्ने भएपछि थन्क्याइएको थियो । ड्याडीज किचनले त्यसलाई किनेर मर्मत गरी आफ्नो रेस्टुरेण्टको मुख्य आर्कषकको सामान समेत बनाएको छ ।
यहाँ भएको अर्काे आकर्षकको बस्तु हो लडियाको पाङ्ग्रा । कपिलबस्तुको बाणगंगा नगरपालिका ७ बाट लडियाको पाङ्ग्रा (करिब ६० वर्ष पुरानो) ड्याडीज किचनको अर्काे आकर्षकको सामान हो ।
रेस्टुरेण्टको माथिल्लो तलाको हुक्का बारलाई पियानोको आकार दिइएको छ । त्यस्तै अगाडीको रिसेप्शन, बार, बेकरी, बारिस्ता पनि गीटारकै आकारमा निर्माण गरिएको छ ।
एकै पटकमा करिब तीनसय मानिसले ड्याडीज किचनमा सेवा पाउने बन्दोबस्त मिलाइएको छ ।
होम डेलीभरीको सेवा पनि यहाँ उपलब्ध छ । ड्याडीज किचन भएको ठाउँबाट पोखराको तीन किलोमिटर भित्र होम डेलीभरीको पनि सुविधा छ ।
यो बाहेक यहाँ पुराना हजुरबाको पालोको तमाखु (हुक्का) पनि सजाएर राखिएको छ ।
त्यस्तै यहाँ पुराना लोप भएर जानै लागेका पुराना बस्तुहरुलाई सजाएर राखिएको छ । कवाडी सामानबाट बनेका आकर्षक बस्तुहरु पनि यहाँ
सजाएर राखिएको छ । नयाँ रेस्टुण्ट ड्याडीज किचनमा अहिले ५२ जनाले ग्राहकलाई सेवा दिइरहेका छन् ।
यो बाहेक ड्याडीज किचनले आफ्नो नौ वटा शाखाबाट ग्राहकले आफुले चाहेको स्वादमा सेवा दिइरहेको छ ।
ड्याडीज किचनको नयाँ रेस्टुरेण्ट कमल जंग कुँवर र होम रानाले सञ्चालनमा ल्याएका हुन । साथै ड्याडीज किचनको पोखरा ब्रान्चको ब्यवस्थापनको पाटो भने सन्दिप क्षेत्रिले हेर्दै आएका छन ।
ड्याडीज किचन सञ्चालक समितिका अध्यक्ष कलम जंग कुँवरले ‘कायपलट ल्याउँछौँ, स्वदेशमै युवा उद्यमशिलताको सम्मान गरौँ’ भन्ने नाराका साथ ड्याडीज किचन सञ्चालनमा आएको बताए ।
नयाँ रेस्टुण्टले आगामी असोज १२ गते देखि १६ गतेसम्म १० प्रतिशत छुटको ब्यवस्था गरेको छ ।
यहाँ जन्म दिन मनाउन आउने ग्राहकको सुविधालाई ध्यानमा राखेर बर्थ डे केक ड्याडीज किचनकै तर्फबाट उपलब्ध गराउने गरिएको ब्यवस्थापक क्षेत्रिले बताए ।
अहिलेका युवापुस्तालाई मध्यनजर गरी म्युजीक लाइभ पनि यहाँ सञ्चालन हुने छ । लाइभ म्यूजीक हरेक साँझ ७ बजे देखि ९ बजेसम्म चल्नेछ ।
प्रतिक्रिया