काठमाडौं- कांग्रेसले वर्तमान सरकारको कामकारबाहीको विषयमा खबरदारी गर्न छाया सरकार गठन गरेको चार महिना बित्यो। तर, अहिलेसम्म एक पटक पनि बैठक बस्न सकेको छैन।
कांग्रेस सभापति शेरबहादुर देउवाले समय नदिँदा छाया मन्त्री नै अलमलमा रहेका खबर आजको नयाँ पत्रिका दैनिकमा रमेश दवाडीले लेखेका छन्।
छाया सरकारकी स्वास्थ्य तथा जनसंख्यामन्त्री पार्वती डिसी बैठक नै नबस्दा मन्त्रीहरु अलमलमा परेको बताउँछिन्।
‘सरकार गठन भएको चारमहिना बित्दा एकपटक पनि बैठक बसेको छैन। छाया सरकारका प्रधानमन्त्रीले अहिलेसम्म बैठक बोलाउनु भएको छैन। प्रगतिविवरण बुझाउने मितिसमेत नतोकिँदा मन्त्रीहरु अलमलमा छौँ,’ उनले भनिन्।
कांग्रेस प्रवक्ता शर्मा भन्छन्–छायामन्त्रीका कारण संसद्मा पार्टीको प्रभावकारिता बढेको छ
मन्त्रालयपिच्छे फरक–फरक विधेयक आउँछन् । त्यसमा अध्ययन गरेर सकारात्मक कुरा भए सहयोग तथा संविधानविपरीत भए विरोधको आवाज उठाउन छायामन्त्रीहरूलाई जिम्मा दिइएको छ ।
परराष्ट्र, अर्थलगायत मन्त्रालयमा काम गर्न सजिलो भएको छ । संसद्मा हाम्रो पार्टीको प्रभावकारितालाई बढाउन यसले भूमिका खेलेको छ ।
देउवालाई वास्ता छैन, मन्त्रीले पनि भेटेका छैनन्
छाया सरकारको नेता स्वाभाविक रूपमा कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा हुन् ।
यही सरकारको मन्त्री बन्न सुरुमा सांसदहरूले निकै दौडधुप पनि गरे ।
तर, ६ जेठमा छाया सरकार गठन भएपछि नेता र मन्त्रीको सम्पर्क कमै भएको छ । देउवाले चासो दिएका छैनन्, मन्त्रीहरू पनि भेट्न कमै गएका छन् ।
प्रतिक्रिया