काठमाडौं- एकै मारमा राँगो छिनाउन नसक्दा म्याग्दीको रघुगंगा गाउँपालिका–२ नाङनागेका रामप्रसाद खत्रीले २ लाख ८८ हजार रुपैयाँ गुमाएका छन्।
दसैँको नवमीका दिन राखु भगवती कोत मन्दिरमा बली चढाइने सरकारी राँगो एकै मारमा छिनाउने दाबी गर्दै खत्रीले २ लाख ८८ हजार बाजी थापेका थिए।
तर, लक्ष्य चुकेपछि खत्रीले रकम गुमाउनु परेको खबर आजको कान्तिपुर दैनिकमा म्याग्दीबाट घनश्याम खड्काले लेखेका छन्।
नवमीमा बली दिइने राँगो मार हान्न कालरात्रिमै सर्वसाधारणले रकम कबोल्ने गर्छन्।
खत्रीबाहेक अन्य ८ प्रतिस्पर्धीले २ लाख ८५ हजार रुपैयाँसम्म कबोलेका थिए। उनले राँगो छिनाएको भए फेटा र पैसाको माला लगाई आफन्तले गाउँ परिक्रम गराउँथे।
उनले कबोलकै बराबरको रकम पनि उठ्न सक्थ्यो। कबोलेको रकम मन्दिर व्यवस्थापन समितिलाई बुझाएपछि मात्रै मार हान्न पाइन्छ।
प्रतिक्रिया