+
Search

ताजा अपडेट +

पपुलर +

यसरी बित्नेछ चिनियां राष्ट्रपतिको १९ घण्टा : कांग्रेस सभापति देउवासंगको भेट अझै तय भएन्

4KNationalDaily
२०७६ आश्विन २४, शुक्रबार १९:१५ बजे

काठमाडौं- चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आउंदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उनि नेपालमा भ्रमणमा आउन लागेका हुन् ।

सन् १९९६ मा तत्कालीन चिनियां राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेको २३ वर्षपछि चिनियां राष्ट्र प्रमुखबाट नेपालको भ्रमण हुन लागेको हो ।

नेपाल भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासंग भेटवार्ता गर्ने कार्यक्रम भने अहिलेसम्म तय भएको छैन् ।

यस्तो छ भ्रमण तालिका-

शनिबार

बेलुकी ४ः३० बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण ।

६ः३० बजे नेपाली समकक्षी विद्यादेवी भण्डारीसंग शीतलविनासमा भेटवार्ता ।

७ः३० बजे राष्ट्रपति सीको सम्मानमा सोल्टी होटलमा रात्रिभोजमा सहभागी ।

आइतबार

बिहाज १० :३० नेकपा अध्यक्ष प्रचण्डसंग भेटवार्ता

११ बजे प्रधानमन्त्री ओलीसंग भेटवार्ता त्यसपछि द्धिपक्षिय सम्झौतामा हस्ताक्षर

१ बजे स्वदेश फिर्ता ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily