काठमाडाैं- प्रियंका कार्की गसिपमा रमाउने नायिका हुन् । त्यो गसिप सकारात्मक होस वा नकारात्मक भन्ने कुरा उनका लागि गौण छन् । त्यसैले त केही दिन चर्चा सेलायो भने उनी आफैंले खुराक दिने गर्छिन् ।
प्रियंकाले हालै इस्टामा आफ्ना प्रेमी आयूष्मान देशराजसँगको ‘डिप किस’ गरेको तस्वीर पोष्ट गरिन् ।
धुलिखेल जीप लाइनमा चढ्दा उनीहरुले एकअर्कालाई चुम्बन गरेर सेल्फीस्टिकको मद्दतले तस्वीर खिचेका थियो । यो तस्वीरमा एकजनाले हाँसउठ्दो कमेन्ट गरेका छन्, ‘नपाउनेले माइक्रोवेभ पायो, आलु उसिन्ने भनेर पड्कायो ।’
अर्काे कमेन्ट यस्तो छ, ‘हामीले विहे अगाडि यस्तो गरेको भए समाजबाट बहिष्कार हुन्छ । हजुर बरिष्ठको त कुरै न गरम् ।’
प्रियंकालाई पक्कै थाहा थियो यो फोटो राख्दा गाली खाइन्छ भन्ने । तर, उनले राखिन् । त्यस्तो त कमेन्टमा उनलाई फुक्र्याउने प्रतिक्रियाहरु पनि टन्नै छन् ।
आफूभन्दा करिब ६ वर्ष कान्छा आयूष्मानसँग प्रियंका दोस्रो विवाह गर्दैछिन् । उनीहरुबीच वैशाखमा ईंगेजमेन्ट पनि भइसकेको छ । असारमा बिहे गर्ने घोषणा गरेका उनीहरुले अहिलेसम्म विहे गरेका छैनन् । वर्षाले गर्दा असारमा बिहे गर्न नसकेको तर्क प्रियंकाको छ ।
विवाह गर्न तयार जोडीहरु एक–अर्कालाई माया गर्छन् भनेर दुनियाँलाई देखाइरहनु पर्ने होइन ।
तर, किन हो, प्रियंका देखाउन आतुर छिन् । भर्खर प्रेममा परेका बेला एउटा सार्वजनिक कार्यक्रममा नै प्रियंका र आयुष्मानले चुम्माचाटी गरेका थिए, जसले निकै विवाद उब्जिएको थियो ।
त्यहाँदेखि नै प्रियंकाको ‘डाउनफल’ सुरु भएको हो ।
प्रतिक्रिया