+
Search

ताजा अपडेट +

पपुलर +

यस्ता छन् डण्डिफोर हटाउने सजिलो घरेलु उपायहरु

4KNationalDaily
२०७६ आश्विन २५, शनिबार १३:२९ बजे

काठमाडाैं- छालाले नै शरीरलाई बाहिरी आक्रमणबाट बचाउने गर्दछ । तर यहि छालाको सही स्याहार भएन भने यसले मानिसको सुन्दरतालाई समेत असर पार्दछ ।

अझ गर्मीयाममा अनुहारमा आउने डण्डिफोर र राता दागको समस्याले मानिसको ब्यक्तित्वमा समेत असर पा

त्यसैले गर्मियाममा हुने अनुहारको समस्यालाई समयमा उपचार गरिनु आवश्यक हुन्छ ।

गर्मी मौसमा अनुहारमा डण्डीफोर, राता दागको सजिला घरेलु उपायबाटै नियन्त्रण गर्न सकिन्छ ।

यस्तो छ उपायहरु

अनुहारमा आउने डण्डिफोर र रातो दागका लागि रातभरी भिजाएको चामलको पिठो बनाई त्यसमा सुन्तलाको बोक्राको धुलो मिसाएर पेस्ट बनाइ लगाएमा यसले धेरै हदसम्म राहत दिन्छ ।

यसरी लगाइने पेष्टलाई अनुहारमा लगाई करीब आधा घण्टा पछाडि धुनु पर्दछ । यसो गर्नाले अनुहारको डण्डिफोर र रातो दाग हटेर जानेछ ।

यसबाहेक गुलाफको पातलाई लेदो हुने गरी पिसेर त्यसमा कागतीको रस मिलाएर समेत लगाउन सकिन्छ । यदि कागति संभव नभएमा टमटरको रस निकालेर गुलाफको पातको लेदामा मिसाएर करीब १५ मिनेट अनुहारमा राखेर धुन सकिन्छ ।

अनुहार धोएपछि कलिलो निमको पातलाई पिसेर लेदो बनाई १० मिनेट अनुहारमा राखि धुनु पर्दछ । यसो गर्नाले केहि दिनमा नै अनुहारको डण्डिफोर हटेर जानेछ । यसले अनुहारमा समेत चमक ल्याउने गर्दछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily