+
Search

ताजा अपडेट +

पपुलर +

चिनियाँ राष्ट्रपतिले भने- नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित देश बन्न सघाउँछौँ

4KNationalDaily
२०७६ आश्विन २६, आईतवार ०७:४४ बजे

काठमाडौं– चीनका राष्ट्रपति सी चिनफिङले नेपालको ‘भूपरिवेष्ठित मुलुक’ बाट ‘भूजडित’ देश बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

उनको सम्मानमा शनिबार साँझ सोल्टी होटलमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति सीले नेपाल र चीनबीच अझ सुविधाजनक कनेक्टिभिटी निर्माण गरिने बताए।

त्यसक्रममा उनले सीमापारीको रेल सम्भाव्यता अध्ययन सुरु गर्ने बताएका खबर आजको कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईदुर्गा खनालले लेखेका छन्।

केरुङ्देखि काठमाडौंसम्मको सुरुङमार्गको परियोजनालाई सहयोग गर्ने उनले बताए। अरनीको राजमार्ग सञ्चालन गर्ने सुनिश्चित बताउँदै राष्ट्रपति सीले बढीभन्दा बढी नाकाहरु खोल्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily