काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले नेपाली काँग्रेससँग फेरी सहकार्य हुनसक्ने धारणा राखेका छन् ।
नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको दसैं, तिहार तथा छठको शुभकामना आदानप्रदान कार्यक्रममा उनले कांग्रेससँग पहिले पनि सहकार्य भएको र फेरि पनि सहकार्य हुन सक्ने बताए ।
कांग्रेसका नेताहरुसँग भेट्दा सहयात्रीसँग भेटघाट गरे जस्तो महसुस हुने गरेको उनले बताए।
‘नेपाली कांग्रेसको कार्यक्रममा आउँदा आफ्नै सहयात्रीका बीच आएजस्तो अनुभूति हुन्छ’ उनले भने, हेर्दै जाउँ आउने दिनमा राजनीतिले कसरी कोल्टो फेर्छ।’
उनले सहयात्रीकै रुपमा कांग्रेससँग सम्वन्ध अघि बढ्ने विश्वास रहेको बताए। एकता र शान्ति प्रकृयाको संकल्पकै कारण कांग्रेससँगको सम्वन्ध सहयात्रीकै रुपमा अघि बढ्ने उनको भनाइ छ।
प्रतिक्रिया