काठमाडौं- मुलुकमा ५ देखि १९ वर्षका बालबालिका र किशोरकिशोरीमा हुने मोटोपना पछिल्ला ४० वर्षमा २९ प्रतिशतले बढेको छ।
‘विश्वका बालबालिकाको अवस्था–२०१९ बालबालिका, खाना र पोषण’ सम्बन्धी युनिसेफले मंगलबार जारी गरेको प्रतिवेदनमा कमसल खानाले विश्वभरकै बालबालिकाको स्वास्थ्यलाई बिगारिरहेको निष्कर्ष छ।
नेपालमा ५ देखि १९ वर्ष उमेर समूहका १३ जनामध्ये १ जनामा मोटोपनाको समस्या छ। नेपालमा करिब ३६ हजार बालबालिकामा मोटोपनाको समस्या छ।
११ लाख बालबालिका कुपोषणले गर्दा पुड्का छन्, भने करिब २ लाख ९० हजार बालबालिका ख्याउटे रहेका युनिसेफले जनाएको छ। त्यस्तै १३ लाख बालबालिकामा भिटामिन ए, आइरन लगायतका पोषण तत्वको कमी छ।
३८ प्रतिशत बालबालिकाले ६ महिनादेखि २ वर्षबीच फलफूल वा तरकारी खान पाउँदैनन्। प्याकेटका तयारी खानेकुराको बढ्दो प्रयोगले बालबालिकाको जीवनमा नकारात्मक असर गरिरहेको छ।
प्रतिक्रिया