+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसद्वारा आलमको बचाउ, देउवाले भने,‘ १२ वर्षपछि पक्राउ गर्न पाइन्छ ?

4KNationalDaily
२०७६ कार्तिक २, शनिबार १५:५१ बजे

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद अफताब आलमलाई पक्राउ गर्नु ‘कांग्रेसविरुद्धको षड्यन्त्र’ भएको बताएका छन्।

बोडेमा शुक्रबार पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले १२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर सरकारले काङ्ग्रेसलाई प्रहार गर्न थालेको आरोप लगाए।

‘१२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गर्न पाइन्छ ?’ कांगेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा भने,‘ त्यतिबेला के हेरेर बसेको ?’

कार्यक्रममा तत्कालिन गृहमन्त्रीसमेत रहेका कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सञ्चारमाध्यमले समेत षडयन्त्रमूलक रुपमा काङ्ग्रेसको विरुद्धमा लागि परेको बताए।

‘पत्रपत्रिकालगायत सबै सञ्चारमाध्यमले समेत ‘ग्रान्ड डिजाइन’ बनाएर काङ्ग्रेसविरुद्ध लागेका छन्, काङ्ग्रेस सांसद मोहम्मद अफताब आलमको विरुद्ध आएका समाचार यसको नमूना हो,’ उनले भने।

कांग्रेस दिनप्रतिदिन सङ्कटमा पर्दै आएको बताउँदै अब पार्टी सभापतिदेखि कार्यकर्तासम्मले आफ्नो आचरणमा सुधार गर्दै पार्टीलाई अगाडि बढाउनु पर्ने सिटौलाको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily