+
Search

ताजा अपडेट +

पपुलर +

महरा भन्छन् : सांसदबाट राजीनामा दिन्नँ, म नेकपा नेता होइन

4KNationalDaily
२०७६ कार्तिक ३, आईतवार ०७:४५ बजे

काठमाडौं- संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन्।

आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपमा नभएकाले राजीनामा नदिने बताएका हुन्।

दुव्र्यवहारको घटना सार्वजनिक भएपछि सभामुख र सांसद पदबाट समेत राजीनामा दिन नेकपाले महरालाई निर्देशन दिएको थियो। तर उनले सांसद पदबाट मात्रै राजीनामा दिएकाे खबर आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन्।।

उनले राजीनामा नदिँदा उनी संसदमा स्वतन्त्र सांसदका रूपमा रहन सक्छन्। उनले आफू नेकपाको नेता नै नभएको भन्दै सो पार्टीको सुझाव किन मान्ने भनेर राजीनामा नदिएको उनी निकट नेता बताउँछन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily