गोरखा- गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण वस्नेतले प्रत्येक घरमा पानीको लागि प्रदेश सरकार अहिले लागिपरिरहेको वताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी गोरखा नगरपालिका वडा नम्वर १० को वडा पार्टीले दशै तिहार लगाएतको चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री वस्नेतले यस्ताे बताएका हुन् ।
गोरखा जिल्ला निर्वाचन क्षेत्रनम्वर १ ख का जनप्रतिनिधि समेत रहेका मन्त्री वस्नेतले चोरकाटे चित्रेपोखरी, वुंकोट घैरुङ सडक यसै आर्थिक वर्षभित्र पिच गरिने पनि वताए ।
प्रतिक्रिया