+
Search

ताजा अपडेट +

पपुलर +

भुकम्पपछिकाे पुननिर्माण : सिरानचोकमा ९० प्रतिशत घर निर्माण सम्पन्न

4KNationalDaily
२०७६ कार्तिक ७, बिहीबार २०:४४ बजे

गाेरखा- सिरानचोक गाँउपालिकामा भूकम्प पछि पुनर्निर्माण सम्पन्न भएका घरधुरीलाई सम्पन्नताको प्रमाणपत्र वितरण कार्य सुरु भएको छ ।

सिरानचोक गाँउपालिकाको आयोजनामा सबै वडामा छुट्टाछुट्टै कार्यक्रम गरि प्रमाणपत्र वितरण कार्य सुरु भएको हो ।

पालिकाका अनुसार वडा नम्बर २ मा बाहेक अन्य सबै वडामा प्रमाणपत्र वितरण कार्य सुरु भएको हो ।

सिरानचोक गाँउपालिका हर्मी स्थित वडा नम्बर ३ को कार्यालयमा आयोजना भएको कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख रामशरण आचार्यले सम्पन्नता प्रमाण पत्रले सुरक्षित आवास निर्माण गरेको पुष्टि समेत गर्ने बताए ।

सम्पन्नता प्रमाणपत्रले वडास्तरमा रेर्कड, व्यवसायीक क्रियाकलाप तथा लगानी गर्न समेत आगामी दिनमा घरधनीलाई सहज हुने उल्लेख गरे ।

उनले सिरानचोकमा करिब ९० प्रतिशत सम्पन्न भएको स्थिती रहेको भन्दै असार मसान्त सम्म पहिलो किस्ता लिएका लाभग्राहीलाई कात्तिक मसान्त सम्म दोश्रो किस्ता लिन समेत आग्रह गरे ।

पुनर्निर्माणको अन्तिम चरणमा रहेकाले बाँकी रहेकाले समेत पुनर्निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्न आग्रह गर्दै उनले निजी आवास निर्माण सम्पन्न गर्न तर्फ भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले प्राविधिक, सामाजिक लगायत अन्य क्षेत्रमा मद्दत गरेकोमा प्रशंसा गरे ।

उनले भने ‘सम्पन्नताको प्रमाणपत्र वितरण कार्य अन्तिम सम्म लैजान पनि सहजिकरण गर्छ भन्ने आशा छ ।’

जिल्लामा परियोजनाका २६ हजार ९ सय १२ लाभग्राही रहेपनि ३० हजार भन्दा बढी लाभग्राही रहेको क्षेत्रमा काम गरेर उल्लेखनिय सहयोग गरेको बताए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा. हरेराम पराजुलीले निजी आवास पुनर्निर्माण क्षेत्रमा गोरखा लगायत अन्य जिल्लामा आशातित प्रगति भईरहेको बताए ।

घर पुनर्निर्माण सम्पन्नताको प्रमाणपत्र दस्तावेजका रुपमा व्यवसायीक प्रयोजनका लागि प्रयोग हुने बताए ।

उनले भने, ‘वडामा रेर्कड राख्न तथा निजी आवास पुनर्निर्माण क्षेत्रमा दातृ निकायबाट आएको सहयोगको प्रमाण समेत भएको बताए ।’

वडा नम्बर ३ का वडाध्यक्ष विरबहादुर थापाले सुरक्षित आवासका लागि योग्य बनाएकोमा वडास्तरमा काम गर्ने प्राविधिक तथा अन्य समन्वयकारी निकायलाई धन्वयाद ज्ञापन गरे ।

परियोजनाका सामाजिक विज्ञ घनश्याम खतिवडाले आगामी दिनमा समेत सुरक्षित आवास निर्माणलाई निरन्तरता दिएर समुदायलाई सुरक्षित बनाउन आवश्यक रहेको बताए ।

यस्तै, वडा नम्बर ५ आयोजित कार्यक्रममा डिएलपीआयूका सूचना अधिकृत युवक श्रेष्ठले सम्पन्नता प्रमाणपत्रको कागजात महत्वपुर्ण रहेकाले सुरक्षित राख्न सम्पुर्ण घरधनीलाई आग्रह समेत गरे ।

उनले निर्माण सम्पन्न नभएका घरधुरीलाई समेत यथाशीघ्र घर पुनर्निर्माण गरि सम्पन्नताको प्रमाणपत्र लिन आग्रह गरे ।

वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष गुरुङले निर्माण क्रममा रहेका घरधनीलाई चाँडो भन्दा चाँडो सम्पन्न गरि घर पुनर्निर्माण गरि घर सम्पन्नताको प्रमाणपत्र लिन आग्रह गरे ।

उनले आगामी दिनमा आवश्यक हुने भएकाले घर सम्पन्नताको प्रमाणपत्रलाई सुरक्षित राख्न सुझाव दिए ।

डिपीसी सम्म पुगेका झ्याल ढोका लगाएर छोडिएका स्थानमा घर सम्पन्नता गर्न लागि पर्न आग्रह गरे ।

यसैबीच सिरानचोक गाँउपालिकामा भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले वडा नम्बर २, ३, ४, ५, ६ मा सामाजिक प्राविधिक सहजिकरण गरिरहेको छ । ती वडामा ९१ प्रतिशत घर पुनर्निर्माण सम्पन्न भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily