+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीको उपचार गर्न बालुवाटारमै मेडिकल रुम बनाउने तयारी

4KNationalDaily
२०७६ कार्तिक १६, शनिबार ०७:१९ बजे

काठमाडाैं- प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा छिटो–छिटो समस्या देखिन थालेपछि उपचारका लागि बालुवाटारमै मेडिकल रुम बनाउने तयारी भएको छ ।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै डायलाइसिससमेत गर्न मिल्ने गरी बालुवाटारमै विशेष प्रकारको मेडिकल रुम बनाउने तयारी भएको हो ।

शुक्रबार बालुवाटारमा भेला भएका चिकित्सकहरूले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हेर्दा निवासमै विशेष उपचार सुविधा आवश्यक देखिएको सुझाब दिएका थिए ।

‘प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै पनि वेला गम्भीर समस्या देखिए निवासमा साधारण उपचार गर्न पनि सम्भव छैन । जामलगायत समस्याका कारण तत्कालै अस्पताल लैजान पनि कठिन हुन सक्छ । त्यसैले निवासमै मेडिकल रुम बनाउन सुझाब दिएका छौँ,’ प्रधानमन्त्रीको उपचारमा संलग्नमध्ये एक चिकित्सकले भनेकाे खबर अाजकाे नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन् ।

त्यसमा बालुवाटार पनि सहमत रहेको उनले बताए ।

ती चिकित्सकका अनुसार डायलाइसिस गर्ने उपकरण कस्तो राख्ने भन्नेबारे शुक्रबार चिकित्सकहरूको भेलामा छलफल भएको छ ।

बेलाबेलामा प्रधानमन्त्रीको नियमित डायलाइसिस गर्नुपर्ने हुन सक्छ । प्रधानमन्त्रीको मुटुमा समेत समस्या भएकाले पनि मेडिकल रुम अनिवार्य भएको ति चिकित्सकले बताए । आइसियूसहितको मेडिकल रुममा विशेषज्ञ डाक्टर र नर्सहरू खटिनेछन् ।

नियमित डायलाइसिस गर्नुपरे हप्तामा तीनपटक गर्नुपर्ने हुन्छ । त्यतिवेला प्रधानमन्त्रीलाई अस्पताल लाने र ल्याउने गर्नुभन्दा निवासमै डायलाइसिस गराउनु राम्रो हुने एक चिकित्सकले बताए ।

तर, तत्काल नियमित डायलाइसिस गर्नुपर्ने वा नपर्नेबारे नमुना संकलनको सबै रिपोर्ट आएपछि मात्रै थाहा हुने एक निजी चिकित्सकले बताए । उनका अनुसार प्रधानमन्त्रीको शुक्रबारको स्वास्थ्य अवस्था हेर्दा तत्काल नियमित डायलाइसिस गर्नु नपर्ने देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily