काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको बाँकी सुरु हुने भएको छ। मेलम्ची विकास समितिका अनुसार आगामी सोमबारबाट काम धमाधम हुनेछ।
आयोजनाको बाँकी कामको ठेक्का पाएको चिनियाँ कम्पनी सिनोहाइड्रोले अहिले फिल्डमा आवश्यक तयारी गरिरहेको छ।
कम्पनीले काम सुरु गर्न साइट सफा गर्ने, स्पेस बनाउनेलगायतका काम गरिरहेको आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए।
‘काम सुरु गर्न ठेकेदार कम्पनीले आवश्यक तयारी अन्तिम चरणमा पु(याएको छ,’ खत्रीले भने, ‘सम्भवतः सोमबारदेखि काम सुरु हुन्छ। यो खबर आजको नयाँ पत्रिकामा तीर्थराज बस्नेतले लेखेका छन्।
अहिले कम्पनीले १ सय नेपाली र ५५ जना चाइनिज मजदुर परिचालन गरेको आयोजनाले जनाएको छ।
प्रतिक्रिया