काठमाडौं- प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ मा हुने उपचुनावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।
उपचुनावका उम्मेदवारहरु छनोटका लागि शनिबार नेकपा सचिवालयको बैठक बसेको थियो । झण्डै तीन घन्टासम्म चलेको बैठकमा उपचुनावका लागि क्षेत्र, जिल्ला र प्रदेशबाट आएका नामहरुबारे छलफल भएको थियो ।
स्रोतका अनुसार कास्की २ मा विद्यालाई उम्मेदवार बनाउन सचिवालयका सबै सदस्य सहमत भएका छन् । एक सचिवालय सदस्यले भने, ‘कास्की २ मा भट्टराईलाई उम्मेदवार बनाउने कुरा भएको छ । अरु सबै उम्मेदवारको टुंगो लगाएपछि एकसाथ घोषणा हुनेछ ।’
कास्की जिल्ला कमिटीले सर्वसम्मत रुपमा उम्मेदवारका लागि विद्याको मात्र नाम सिफरिस गरेको थियो । तर, गण्डकी प्रदेश कमिटीले सोमनाथ अधिकारी र राजकाजी गुरुङको नाम थपेर केन्द्रमा पठाएको थियो ।
प्रतिक्रिया