+
Search

ताजा अपडेट +

पपुलर +

शिक्षण अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्य जाँच, बालुवाटारमा मन्त्रिपरिषद बैठक

4KNationalDaily
२०७६ कार्तिक १७, आईतवार १३:४७ बजे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार बिहान एक्सरे गरिएको छ। उनको शिक्षण अस्पताल महाराजगञ्जमा छातीको एक्सरे गरिएको हो।

आइतबार बिहानका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक भने केहीबेर अघि सुरु भएको छ। बैठक केही बेरअघि देखि सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए।

मृगौलामा समस्या आएपछि गत बुधबार र बिहीबार प्रधानमन्त्री ओलीको डायलासिस गरिएको थियो।

शनिबार बसेको नेकपा सचिवालय बैठकमा ओलीले आफ्नो स्वास्थ्य समस्याबारे ब्रिफिङ गरेका थिए। आज पनि बस्ने भनिएको सचिवालय बैठक भने अनिश्चित बनेको छ।

आज विहान ११ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्री ओलीको स्वास्थ्यका कारण १२ बजेपछि मात्रै सुरु भएको हो ।

प्रधानमन्त्री ओली आज विहान त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य जाँच गरेर फर्केपछि बालुवाटारमा मन्त्रिपरिष्नद बैठक बसेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily