काठमाडौं– संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान कृष्ण बहादुर महराको थुनछेक बहस सुरु भएको छ ।
ग्त शुक्रबार महरालाई न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासले बयान लिएपछि आज आइतबार काठमाडौं जिल्ला अदालतमा दिउँसो ११ बजेबाट उनको थुनछेक बहस सुरु भएको हो ।
महरामाथि संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफुमाथि बलात्कार प्रयास गरेको आरोप लगाएपछि महरालाई प्रहरीले पक्राउ गरेको थियो ।
थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान हुने भन्ने आदेश अदालतले दिनेछ ।
प्रतिक्रिया