काठमाडौं- पिरो खान मन पराउने धेरै हुन्छन् ।
तर, अत्यधिक पिरो त्यसमा पनि मसलेदार खानेकुराले छाती र पेटमा समस्या गर्छ ।
यद्यपि, हरियो खुर्सानी खाने हो भने पिरो स्वादसँगै अन्य लाभसमेत उठाउन सकिन्छ ।
हरियो खुर्सानीले पेट र छातीमा असर गर्दैन ।
यसमा भिटामिन ए, बी–६, सी, आइरन, पोटासियम, कार्बोहाइड्रेट र अन्य धेरै पोषक पदार्थ पाइन्छन् ।
हरियो खुर्सानी स्वास्थ्यसँगै सौन्दर्यका लागि पनि फाइदाजनक छ । दैनिक हरियो खुर्सानी खाएमा छालामा चमक आउनुका साथै रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्छ ।
प्रशस्त मात्रामा भिटामिन सी र ई पाइने भएकाले रगत सफा गर्नुका साथै अनुहारमा आउने पिम्पल्सबाट समेत राहत मिल्छ ।
अब यसका फाइदाबारे चर्चा गरौँ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट
हरियो खुर्सानीमा पाइने एन्टिअक्सिडेन्टका कारण ओक्साइडेसनलाई कम गर्छ । जसले कोषिकालाई स्वस्थ रहन मद्दत गर्छ ।
रक्तसञ्चार बढाउँछ
प्रत्येक व्यक्तिको रक्तसञ्चार फरक–फरक गतिमा हुन्छ ।
रगतले सम्पूर्ण शरीरमा पोषक तत्व, अक्सिजन, हर्मोन, गर्मी, इलेक्ट्रोलाइट्स आदि पुर्याउने गर्छ ।
हरियो खुर्सानी खाँदा रक्तसञ्चारलाई तीव्र बनाउन मद्दत गर्छ ।
प्रतिरक्षा प्रणाली मजबुत
हरियो खुर्सानीमा पाइने पोटासियम, फ्लोभोनोइड्स, भिटामिन सीका कारण शरीरमा प्रतिरक्षा प्रणाली मजबुत बन्छ ।
तर, यसका लागि सीमित मात्रामा नियमित रूपमा खुर्सानी खानुपर्छ ।
प्रतिक्रिया