+
Search

ताजा अपडेट +

पपुलर +

‘मिसेस व्यूटी क्वीन नेपाल २०१९’ काे आवेदन फारम खुल्ला

4KNationalDaily
२०७६ कार्तिक २०, बुधबार १६:०५ बजे

काठमाडौं- सिजन मिडिया प्रा.लि.द्धारा आयोजीत विवाहीत महिलाहरुमा केन्द्रित ‘मिसेस व्यूटी क्वीन नेपाल २०१९’ तेस्रो संकरणको आयोजना गर्ने भएको छ ।

उपत्यका लगायत मोफसलका शहरहरुमा वढीमात्रामा अविवाहीत युवतीहरुलाइ मात्र ध्यानमा राखेर कार्यक्रमहरु हुदै आएकोमा विवाहित महिलाहरुको पनि सहभागीतालाइ ध्यानमा राखि सिजन मिडियाले यो निरन्तरता दिदै तेस्रो चरणको लागि कार्यक्रम आयोजना गर्न लागेको हाे ।

महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको हो ।

विगत एघार वर्ष देखि काठमान्डौमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले विगत ३ वर्ष देखि निरन्तर रुपमा यो प्रतियोगितात्मक कार्यक्रम गर्दै आएको छ ।

यो तस्रो संस्करणको लागि उपत्यकावाट र उपत्यका वाहीरवाट जम्मा ३० प्रतियोगी समावेश गराइने छ । साथै उक्त प्रतियोगीताको लागि फारम पनि खुल्ला भइसकेको मिडियाका प्रवन्ध निर्देशक प्रदिपराज वन्तले बताए ।

नेपाल अधिराज्यभर रहेका सम्पूर्ण विवाहित महिलाहरुलाई मध्य नजर राखी तेस्रो चरणको पहिलो छनोट कार्यक्रम आगामी मंसिर महिनाको द्रोस्रो हप्तामा हुनेछ ।

उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा शारारिक फिटनेश ,जुम्वा ,एरोविक्स,सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन,टेवल म्यानर, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण,हिड्न वोल्न साथै प्रश्न उत्तर सिकाइने छ ।

विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल ,वाल आश्रम, वृद्धा आश्रम आदि मिडिया भिजिट , कल्चरल भिजीट पनि गराइने छ ।

स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ ।

साथै नेपालका विभिन्न कलाकार, पत्रकार ,मानवअधिकारकर्मी, समाज सेवी तथा विशिष्ट व्यक्तिहरुसंग अन्तरक्रिया कार्यक्रम साथै आन्तरीक प्रतिभा तथा प्रतियोगीतात्मक कार्यक्रमहरु संन्चालन गरिने छ ।

प्रतियोगिताका विजेताले “मिसेस व्यूटी क्वीन नेपाल २०१९”को उपाधी सहित टिभिएस स्कुटर , इन्डोनेसीयाको वालि भ्रमणको लागि ३ जना विजेतालाई हवाई टिकट र विभिन्न घरयसी समानहरु टिभि, फ्रिज वासिङ मेसिन आदि उपहारहरु पाउने छन ।

यस बाहेक अन्य विभिन्न १७ विधामा पनि उपविजेता छनौट गरिनेछ । विजेताहरुलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगीतामा सहभागी गराइने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily