+
Search

ताजा अपडेट +

पपुलर +

यात्रुलाई लक्षित गर्दै मनकामना केवलकारले ल्यायो उपहार योजना

4KNationalDaily
२०७६ कार्तिक २०, बुधबार १६:२३ बजे

गोरखा- मनकामना केवलकारले यात्रुलाई लक्षित गर्दै टिकटमा उपहार योजना लागु गरेको छ ।

केबलकारले वार्षिकोत्सबका अवसरमा उपहार योजना ल्याएको हो।

एक महिनाको लागि मात्र ल्याईएको उपहार योजनामा यात्रुहरुले टिभी र मोबाईल उपहार पाउने छन ।

ग्राहकलाई लक्षित गरी ल्याईएको यो योजना केबलकारको पहिलो उपहार योजना हो ।

मनकामना दर्शन प्रालिका नायव महाप्रवन्ध डिएन कास्थका अनुसार २ जना यात्रुले ४३ र ३२ ईन्चको स्मार्ट टिभी पाउने छन भने १ जनाले मोबाईल उपहार पाउने छ ।

आउदो मंसिर ८ गते पर्ने २१ औं बार्षिक उत्सवको अवशरमा यात्रुलाई उत्त उपहार प्रदान गरीने कम्पनीले जनाएको छ ।

कात्र्तिक ७ गते देखि मंसिर ७ गतेसम्म सामान्य टिकट काट्ने यात्रुले मात्र यो उपहार योजनामा भाग लिन पाउने छन ।

मंसिर ८ गते वार्षिकोत्सवका अवसरमा लक्की ड्रमार्फत विजेता घोषणा गरिने कम्पनीले जनाएको छ।

यो योजनामा चितवन कोईका कर्मचारी, विदेशी नागरिक, स्थानीय वासिन्दाका साथै बालबालिकाको टिकटमा भने लागु हुने छैन ।

केबलकारको २ दशकको यो अवधिमा १ करोड ४० लाख ९७ हजार ९५४ जना यात्रुहरुले केबलकारको यात्रा गरी सकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily