+
Search

ताजा अपडेट +

पपुलर +

मंसिरमा लगनगाँठो कस्दै ऋचा शर्मा

4KNationalDaily
२०७६ कार्तिक २१, बिहीबार ०७:१० बजे

काठमाडौं- विवाहको मौसम आएसँगै अविवाहित अभिनेत्री होस् या अभिनेताको विवाहको चर्चा सुरु भइहाल्छ।

कसैको चर्चा चर्चामै सीमित हुन्छ भने कसैको जोडी बाँधिन्छ।

अभिनेत्री ऋचा शर्माले विवाह गर्ने हल्ला चलेको पनि लामै समय भइसक्यो।

तर, अब भने यो हल्लामा मात्रै सीमित नरहने भएको खबर बिहीबार प्रकाशित भएको शुक्रबार साप्ताहिकले छापेको छ।

उनलाई निकटका साथीहरुले विवाहको मुखैमा दिइने ब्याचलर पार्टी पनि दिइसकेका छन्।

ऋचाले आफ्नो हुनेवाला श्रीमान भने सार्वजनिक गरेकी छैनन्।

तर उनी लामो समयदेखि दीपेक्ष्य राणाको प्रेममा थिइन्।

भित्रिया स्रोतको कुरा पत्याउने हो भने उनले राणासँग मंसिरमा विवाह गर्ने पक्कापक्की भइसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily